पार्टी फुटको हल्लामा माधव नेपालको कडा चेतावनीस् हल्लाको पछि नलाग्नुहोस्

बुटवल, ५ कात्तिक : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी फुटको हल्ला निराधार भएको बताएका छन्। कपिलवस्तुमा आयोजित पार्टीको लुम्बिनी प्रदेशस्तरीय भेलामा बोल्दै नेपालले पार्टी विभाजनको चर्चा निराधार भएको उल्लेख गरे।

“हाम्रो पार्टी एमाले वा माओवादी कसैसँग विलीन हुँदैन,” नेपालले भने, “कागले कान लग्यो भनेर नडराउनुहोस्।” उनले पार्टी विभाजन भए पनि सामना गर्न तयार रहेको बताउँदै सरकारलाई पार्टी फुटाउने अध्यादेश ल्याउन नदिन आग्रह गरे।

नेपालले पार्टी स्थापनाको तीन वर्षमै डेढ लाख पार्टी सदस्य बनेको उल्लेख गर्दै पार्टी कार्यकर्तालाई उत्साहित बनाए। उनले पार्टीको भविष्य उज्ज्वल रहेको बताउँदै आफ्नो अस्तित्व जोगाउनका लागि सबै एकजुट हुन आह्वान गरे।

ताजा अपडेट

Local News