वीरगन्जबाट जनकपुर सारियो सद्भावना पार्टीको महाधिवेशन

वीरगन्ज, ५ कात्तिक : नेपाल सद्भावना पार्टीको सातौँ राष्ट्रिय महाधिवेशन अब जनकपुरमा हुने भएको छ। यसअघि वीरगन्जमा गर्ने भनिएको महाधिवेशनको आयोजना स्थल परिवर्तन गरिएको हो।

पार्टीको केन्द्रीय कार्यकारिणी समितिको गत असोज २२ गते बसेको बैठकले महाधिवेशन जनकपुरमा गर्ने निर्णय गरेको थियो। यद्यपि, गत असोज २९ गते आयोजित पत्रकार सम्मेलनमा महाधिवेशन वीरगन्जमा हुने जनाइएको थियो।

वीरगन्जमा महाधिवेशन आयोजनाका लागि पूर्व शिक्षामन्त्री रामचन्द्र कुशवाहाको संयोजकत्वमा ५९ सदस्यीय महाधिवेशन आयोजक समिति समेत गठन गरिएको थियो। तर, महाधिवेशनस्थल परिवर्तन भएसँगै यो समितिको औचित्य समाप्त भएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।

ताजा अपडेट

Local News