रास्वपाको निर्देशन : जिल्लाबाट सय जना पोखरा पठाउने

काठमाडौं, ४ कात्तिक : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछाने पक्राउ भएपछि देशव्यापी विरोध प्रदर्शनको घोषणा गरेको छ। पार्टीले हरेक जिल्लाबाट कम्तीमा सय जना कार्यकर्तालाई पोखरा पुर्‍याउन निर्देशन दिएको छ।

शनिबार मध्यरातमा पार्टी केन्द्रीय सचिवालयले देशभरका जिल्ला कमिटीहरूलाई यस्तो निर्देशन दिएको हो। सन्देशमा भनिएको छ, “जति सक्दो छिटो कम्तीमा प्रत्येक जिल्लाबाट सय जनाको दरले पोखरामा मास उतार्नुपर्ने भन्ने केन्द्रीय पार्टी सचिवालयको निर्देशन प्राप्त भएकोले जिल्ला केन्द्रीत कार्यक्रममा भन्दा पोखरा उपस्थित हुन हार्दिक अनुरोध गरिन्छ।”

सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले रवि लामिछानेलाई पक्राउ गरी शनिबार पोखरा पुर्‍याएको थियो। उनीमाथि आज अदालतमा मुद्दा दायर हुनेछ।

लामिछाने पक्राउको विरोधमा रास्वपाले शनिबार काठमाडौं र पोखरामा प्रदर्शन गरेको थियो। आइतबार पनि पोखरामा विरोध प्रदर्शन जारी रहनेछ।

ताजा अपडेट

Local News