वीरगन्जमा रास्वपा छाडेर दर्जनौँ नेता जनमत पार्टीमा प्रवेश

वीरगन्ज, ३ कार्तिक : वीरगन्जमा २० भन्दा बढी रास्वपाका नेता कार्यकर्ताले पार्टी परित्याग गरी जनमत पार्टीमा प्रवेश गरेका छन्।

शनिबार भएको एक कार्यक्रममा पर्साको छिपहरमाई गाँउपालिकाका रास्वपाका युवा नेता सागर यादवसहित दर्जनौँले जनमत पार्टीमा आबद्धता देखाएका हुन्। उनीहरूले रास्वपाको शीर्ष नेतृत्वमाथि भ्रष्टाचारको आरोप लगाउँदै पार्टी छाडेको बताएका छन्।

जनमत पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले पार्टीमा नयाँ सदस्यहरूको स्वागत गर्दै भने, “जनमत पार्टीले जनताको सेवा गर्ने प्रतिबद्धता लिएको छ। नयाँ साथीहरूको आगमनले पार्टीलाई थप बलियो बनाएको छ।”

कार्यक्रममा जनमत पार्टीका केन्द्रीय राजनीतिक समिति सदस्य देवेन्द्र मिश्रले पार्टीको नीति तथा सिद्धान्तबारे जानकारी गराएका थिए। उनले पार्टीले देश विकास र जनताको हितमा काम गर्ने बताए।

ताजा अपडेट

Local News