रौतहटमा एमालेमा जनसागर : सयौँ नेता कार्यकर्ताको प्रवेश

रौतहट, २ कात्तिक स् रौतहट जिल्लामा नेकपा एमालेमा ठूलो संख्यामा नेता कार्यकर्ता प्रवेश गरेका छन्। बडा दसैँ दीपावली पर्वको अवसरमा आयोजित एक कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) की महिला नेत्री जिउती देवी यादवको नेतृत्वमा दुई सयभन्दा बढी नेता कार्यकर्ताले एमालेमा प्रवेश गरेका हुन्।

स्थानीय गढीमाई नगरपालिकाको बीनगरा गाउँमा आयोजित शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा एमालेका केन्द्रीय सदस्य तथा मधेस प्रदेश इन्चार्ज लीलानाथ श्रेष्ठले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गरेका थिए।

एमालेका केन्द्रीय सदस्य तथा रौतहट इन्चार्ज अजय कुमार गुप्ता, केन्द्रीय सदस्य उद्धव रेग्मी, केन्द्रीय सदस्य कुन्दन कुशवाहा, केन्द्रीय सदस्य रेखा झा, सङ्घीय संसद बिना साह, पार्टी जिल्ला अध्यक्ष सचिदानन्द साह, गरुडाका मेयर कन्थमणि जैसवाल लगायतका नेता कार्यकर्ताहरू पनि कार्यक्रममा सहभागी थिए।

यसरी ठूलो संख्यामा नेता कार्यकर्ता एमालेमा प्रवेश गरेसँगै रौतहटमा एमालेको प्रभाव झनै बलियो बनेको छ।

ताजा अपडेट

Local News