काठमाडौं, ११ मंसिर : नेपाली बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आएको छ। पछिल्लो दुई दिनमा मात्रै सुनको मूल्य प्रतितोला झण्डै २० हजार रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँ तोकिएको छ। यो अघिल्लो दिनको तुलनामा २ हजार ६ सय रुपैयाँले कम हो।
यसअघि, कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेर प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो। तर, त्यसयता लगातार ओरालो लागेको छ।
त्यस्तै, चाँदीको भाउ पनि प्रतितोला २५ रुपैयाँले घटेर १८२० रुपैयाँ कायम भएको छ।
सुनको मूल्यमा आएको यो गिरावटका पछाडि विभिन्न कारण रहेका विज्ञहरू बताउँछन्। विश्वव्यापी आर्थिक मन्दीको चिन्ता, बढ्दो ब्याजदर र डलरको तुलनामा अन्य मुद्राको अवमूल्यन जस्ता कारणले सुनको माग घटेको हुन सक्ने उनीहरूको भनाइ छ।
