काठमाडौं, २७ कात्तिक : नेपाल विद्युत प्राधिकरणले आइतबार बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार विद्युत काटिएका २८ वटा उद्योगमा पुनः लाइन जोड्ने निर्णय गरेको छ।
प्राधिकरणको सञ्चालक समितिको आज बसेको बैठकले उद्योगहरूमा विद्युत आपूर्ति पुनः सुरु गर्ने निर्णय गरेको हो। ऊर्जा मन्त्री दीपक खड्का र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको उपस्थितिमा बसेको बैठकले यसबारे निर्णय गरेको हो।
प्राधिकरणले उद्योगहरूले खपत गरेको विद्युतको बक्यौता रकम टाइम अफ डे ९टीओडी० मिटरका आधारमा असुल गर्ने निर्णय गरेको छ। प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले यसबारे जानकारी दिएका छन्।
यसअघि, विद्युत महसुलको विवादका कारण ४० भन्दा बढी उद्योगको विद्युत लाइन काटिएको थियो। सरकारले यस विवाद समाधान गर्न लाल आयोग गठन गरेको थियो र आयोगको प्रतिवेदनका आधारमा नै यो निर्णय भएको हो।
