बारा। बारामा सशस्त्र प्रहरीले विभिन्न स्थानमा गरेको चेकजाँच तथा निगरानीका क्रममा ९ लाख ६९ हजार रुपैयाँभन्दा बढी मूल्यका सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हेडक्वार्टर बाराका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक विक्रम मणि अधिकारीका अनुसार गण तथा मातहतका विभिन्न युनिटबाट खटिएका टोलीले चेकजाँचका क्रममा ती सामान बरामद गरेका हुन् ।
प्रहरीले रजनीगन्धा, कपडा, मोबाइल पार्ट्स, पिनट, डेरी मिल्क, स्नाइकल चकलेट, खजुर, टायर, मोटरसाइकल, किराना सामान तथा पटाका लगायतका सामान बरामद गरेको जनाएको छ ।
बरामद गरिएका सामानको कुल अन्दाजी मूल्य ९ लाख ६९ हजार १७० रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद सामान आवश्यक कानुनी कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सूचना अधिकारी अधिकारीले जानकारी दिए ।
