एसियाली खेलकुदमा नेपालको शानदार जित, अफगानिस्तान ५ विकेटले पराजित

काठमाडौं । जापानको इची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानमाथि ५ विकेटको जित निकालेको छ।

आइचीस्थित निशिनमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०२ रन बनाएको थियो।

अफगानिस्तानका नजिबुल्लाह जद्रान र फैसल खानले समान ३० रन बनाए। नेपालका बलर कुशल भुर्तेलले ४ तथा ललित राजवंशीले ३ विकेट लिएपछि अफगानिस्तान ठूलो योगफल बनाउनबाट रोकिएको थियो।

१०३ रनको लक्ष्य पछ्याएको नेपालले ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा शानदार जित हात पारेको हो।

ताजा अपडेट

Local News