नारायणी अस्पतालका बिग्रिएका मेसिनहरू मर्मत भए

वीरगन्जस्थित नारायणी अस्पतालमा लामो समयदेखि बिग्रिएर थन्किएका करोडौँ रुपैयाँ मूल्यका मेसिनहरू मर्मत भएका छन्। राष्ट्रिय आविष्कार केन्द्रका प्राविधिकहरूले यी मेसिनहरू मर्मत गरिदिएका हुन्।
अस्पताल र केन्द्रबीच गत पुस ११ गते एक सम्झौता भएको थियो। यस सम्झौताअनुसार केन्द्रका प्राविधिकहरूले अस्पतालका बिग्रिएका मेसिनहरू मर्मत गर्ने जिम्मा लिएका थिए।
केन्द्रका बायोमेडिकल इन्जिनियर उमेश किरान्तको नेतृत्वमा गएको टोलीले एक हप्ताभित्रै ६० भन्दा बढी मेसिनहरू मर्मत गरिदिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले बताए।
मर्मत गरिएका मेसिनहरूमा भेन्टिलेटर, डायलोसिस मेसिन, बेबी वार्मर, फोटो थेरापी मेसिन, एनेस्थेसिया मेसिन, बबल सिप्याप, ल्याप्रोस्कोपी भिडियो प्रोसेसर, इलेक्ट्रोसर्जिकल युनिट, प्रोटेबल एक्सरे मेसिन लगायतका महँगा मेसिनहरू पर्छन्। यी मेसिनहरू मर्मत भएपछि अस्पतालमा बिरामीहरूलाई अझ राम्रो सेवा दिन सकिने भएको छ।
अस्पतालका आइसियु, एनआइसियु, अप्रेसन थियटर, रेडियोलोजी, सिसियु लगायतका विभागहरूमा रहेका यी मेसिनहरू मर्मत हुँदा अस्पतालको सेवा प्रवाहमा ठूलो सुधार आएको छ।

ताजा अपडेट

Local News