सुनको भाउमा उथलपुथल१ दुई सातामा ८ हजार ८ सयले घट्यो

नेपाली बजारमा सुनको भाउमा लगातार गिरावट आएको छ। पछिल्लो दुई सातामा सुनको मूल्य प्रतितोला ८ हजार ८ सय रुपैयाँले घटेको छ।

बुधबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा थप ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ६२ हजार २ सय रुपैयाँ कायम भएको छ। गत कात्तिक १५ गते सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार रुपैयाँ थियो।

यद्यपि, चाँदीको मूल्य भने बढेको छ। बुधबार चाँदीको मूल्य प्रतितोला १९४० रुपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउमा आएको यो गिरावट विश्व बजारमा सुनको मूल्यमा आएको गिरावटसँग सम्बन्धित छ।

ताजा अपडेट

Local News